गजल

मलाई देख्ने बितिकै कस्तो नक्कल पार्छे भन्या
मिलि राको कपाल पनि 'आल्खा' भनि झार्छे भन्या

मैले चाही उसले भन्या खुरु खुरु मान्नु अरे
उ चाही के के -के के निहु परि टार्छे भन्या

उसको मुहार यकोहोरो हेरेर बस्दा मैले
लजाएर त्यो मुहार आफ्नै सल ले बार्छे भन्या

बोल्दिन मा तिमि संग भनि रिसाई हिडे भने
आखा बाट यकोहोरो आसु ढिक्का झार्छे भन्या

No comments:

Post a Comment