गजल

कस्तो होला मैले तिम्लाई पहिलो पटक भेट्ने दिन
सम्झिएर तिमीलाईनै  एउटा गजल लेख्ने दिन

गोलो मुहार, लामो कपाल, सानो आखा तिम्रो हेरिरहदा
भाग्न खोज्दा तिम्रो हात समाई मैले बाटो छेक्ने दिन

कोट पेन्टमा म ढल्कदा फरिया चोलीमा तिमि पनी
बुहारी बनि तिमि मेरो घरको दैलो टेक्ने दिन 

मुक्तक

तिमि संग बोल्नुको मज्जा बेग्लै छ सानु
मनको कुरा खोल्नुको मज्जा बेग्लै छ सानु

कहिले कहिँ तिमीले मेरो फोन नउठाउदा
निरासले मन पोल्नुमा मज्जा बेग्लै छ सानु